दुई पालिकामा स्थानीय बिदा

पाल्पा, २१ मंसिर । पाल्पाका दुई पालिकाले संयुक्त रूपमा आयोजना गरेको सुन्तला महोत्सवका लागि स्थानीय बिदा दिएका छन् ।

भोलि र पर्सि दुई दिन आयोजना हुने सुन्तला महोत्सव सफल पार्न भन्दै पाल्पाका रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाले पर्सि २३ गते आइतवार स्थानीय बिदा दिने निर्णय गरेका हुन् ।

दुई गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित सुन्तला महोत्सव मूल आयोजक समितिको भेलाले मङ्सिर २३ गते स्थानीय बिदा दिने निर्णय गरेको हो ।

महोत्सवले सुन्तलाको उत्पादन, बजार  प्रवर्द्धन, सुन्तलाबाट बन्ने परिकारका साथै बगैँचा व्यवस्थापनमा समेत सीप र ज्ञानको विकास हुने भएकाले दुई पालिकाको आयोजनामा दोस्रो सुन्तला महोत्सव आयोजना गरेको हो । रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाको संयुक्त आयोजनामा कटौजेपानी खेल मैदानमा महोत्सव सञ्चालन हुने छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशिघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य

काठमाडौँ, ६ माघ । भीम रावलका पक्षमा खुलेका दुई नेतालाई नेकपा (एमाले) कैलाली जिल्ला कमिटीले कारबाही गरेको छ । एमाले जिल्ला कमिटी

काठमाडौँ, ६ माघ । नेपाली कांग्रेसले पार्टीका कोशी प्रदेश सभापति एवम् प्रदेशसभा संसदीय दलका नेता उद्धव थापामाथि भएको आक्रमणप्रति घोर

काठमाडौँ, ६ माघ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिक रूपमा सबै दलहरूबीच सहमति भएमा तत्काल संविधान संशोधन हुने