काठमाडौँ, २१ मंसिर । निजी भ्रमणको सिलसिलामा काठमाडौँ आएका भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुकले स्वयम्भुनाथ पुगेर पूजा गरेका छन् ।
स्वयम्भुमा पूजा गरिसकेर उनी बौद्ध प्रस्थान गरेका छन् । बौद्धनाथमा पनि पूजा गरिसकेपछि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै फर्किने कार्यक्रम छ ।
भुटानका राजा वाङचुक आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंदा परराष्ट्रमन्त्री आरजु राणा देउवाले स्वागत गरेकी थिइन् ।