बागलुङको बिहुँमा खानेपानी अभाव

बागलुङ, २१ मंसिर । काठेखोला गाउँपालिका–५ माथिल्लो बिहुँमा खानेपानी समस्या बढ्दै गएको छ ।

पानीको मुहान सुक्दै गएपछि घोडाबाँधे, रिजालचोक, गणेशचोकका हजारौँ नागरिक समस्यामा परेका हुन्। बर्खाको समयमा गाउँका धारामा पानी आए पनि हिउँद लागेपछि एक गाग्री पानीका लागि घण्टौ लाइनमा बस्नुपर्ने बाध्यता छ ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा पर्ने माथिल्लो बिहुँ क्षेत्रमा खानेपानी समस्याका कारण बसाइँसराइ गरेर जानेको सङ्ख्या बढ्दै गएको स्थानीय चुडामणि कँडेलले बताए ।

गाउँमा एउटा धाराबाट १० घरपरिवारले पानी भर्नुपर्ने बाध्यता छ । नजिकमा पानीको मुहान नहुँदा तरकारीखेती गर्न र वस्तुभाउलाई खुवाउन पनि समस्या भएको कँडेल बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशिघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य

काठमाडौँ, ६ माघ । भीम रावलका पक्षमा खुलेका दुई नेतालाई नेकपा (एमाले) कैलाली जिल्ला कमिटीले कारबाही गरेको छ । एमाले जिल्ला कमिटी

काठमाडौँ, ६ माघ । नेपाली कांग्रेसले पार्टीका कोशी प्रदेश सभापति एवम् प्रदेशसभा संसदीय दलका नेता उद्धव थापामाथि भएको आक्रमणप्रति घोर

काठमाडौँ, ६ माघ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिक रूपमा सबै दलहरूबीच सहमति भएमा तत्काल संविधान संशोधन हुने