भुटानका राजा-रानी आज काठमाडौँ आउँदै

काठमाडौँ, २१ मंसिर । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक आज काठमाडौँ आउँदैछन् ।

उनी निजी भ्रमणको सिलसिलामा आज बिहान काठमाडौँ आउन लागेका हुन् । उनी रानी तेत्सुन पेमा वाङचुकसहित करिब १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने छन् । करिब पाँच घण्टा काठमाडौँमा रहेर उनी फर्किने तालिका छ ।

भुटानका राजा काठमाडौँ आउने भएपछि सुरक्षा व्यवस्था चुस्त पारिएको छ । उनी काठमाडौँ आउने सूचना पाएपछि बुधबार नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको सुरक्षा प्रबन्धका लागि नेपाली सेनाले रिहर्सलसमेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशिघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य

काठमाडौँ, ६ माघ । भीम रावलका पक्षमा खुलेका दुई नेतालाई नेकपा (एमाले) कैलाली जिल्ला कमिटीले कारबाही गरेको छ । एमाले जिल्ला कमिटी

काठमाडौँ, ६ माघ । नेपाली कांग्रेसले पार्टीका कोशी प्रदेश सभापति एवम् प्रदेशसभा संसदीय दलका नेता उद्धव थापामाथि भएको आक्रमणप्रति घोर

काठमाडौँ, ६ माघ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिक रूपमा सबै दलहरूबीच सहमति भएमा तत्काल संविधान संशोधन हुने