सरकारलाई नटेर्ने र चुनौती दिन खोज्ने प्रवृत्ति अनुचित : मन्त्री पौडेल

बुटवल, २० मंसिर । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कुनै पनि कर्मचारी तथा राजकीय पदमा नियुक्त भएका व्यक्तिहरुले सरकारलाई नटेर्ने र चुचनैती दिन खोज्ने प्रवृत्ति अनुचित भएका बताएका छन् ।

बिहीबार बुटवलमा आयोजित नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियनको ११औँ केन्द्रीय सभामा उनले यस्तो प्रवृत्ति सहज ढंगले अन्त्य होस् भन्ने सरकारले चाहेको बताए । उनले विद्युत् प्राधिकरण आफैँ सबल र सक्षम नहुँदासम्म कर्मचारी सफल हुन नसक्ने पनि बताए ।

डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् उपयोग गरेका उद्योगसँग बक्यौता असुल गरेरै छाड्ने बताएका छन् । प्राधिकरणले पनि उद्योगीले उपयोग गरेको विद्युत्को बिल उपलब्ध गराउन सक्नुपर्नेमा उनले जोड दिए । उनले डेडिकेटेड तथा ट्रंकलाइनसम्बन्धी विवाद छिटै समाधान हुने बताए । कर्मचारीको ५२ महिनादेखि रोकिएको बिमा र सेवा–सुविधाका विषयमा सरकारले छलफलबाट समाधान निकाल्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशिघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य

काठमाडौँ, ६ माघ । भीम रावलका पक्षमा खुलेका दुई नेतालाई नेकपा (एमाले) कैलाली जिल्ला कमिटीले कारबाही गरेको छ । एमाले जिल्ला कमिटी

काठमाडौँ, ६ माघ । नेपाली कांग्रेसले पार्टीका कोशी प्रदेश सभापति एवम् प्रदेशसभा संसदीय दलका नेता उद्धव थापामाथि भएको आक्रमणप्रति घोर

काठमाडौँ, ६ माघ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिक रूपमा सबै दलहरूबीच सहमति भएमा तत्काल संविधान संशोधन हुने