सरकारलाई नटेर्ने र चुनौती दिन खोज्ने प्रवृत्ति अनुचित : मन्त्री पौडेल

बुटवल, २० मंसिर । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कुनै पनि कर्मचारी तथा राजकीय पदमा नियुक्त भएका व्यक्तिहरुले सरकारलाई नटेर्ने र चुचनैती दिन खोज्ने प्रवृत्ति अनुचित भएका बताएका छन् ।

बिहीबार बुटवलमा आयोजित नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियनको ११औँ केन्द्रीय सभामा उनले यस्तो प्रवृत्ति सहज ढंगले अन्त्य होस् भन्ने सरकारले चाहेको बताए । उनले विद्युत् प्राधिकरण आफैँ सबल र सक्षम नहुँदासम्म कर्मचारी सफल हुन नसक्ने पनि बताए ।

डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् उपयोग गरेका उद्योगसँग बक्यौता असुल गरेरै छाड्ने बताएका छन् । प्राधिकरणले पनि उद्योगीले उपयोग गरेको विद्युत्को बिल उपलब्ध गराउन सक्नुपर्नेमा उनले जोड दिए । उनले डेडिकेटेड तथा ट्रंकलाइनसम्बन्धी विवाद छिटै समाधान हुने बताए । कर्मचारीको ५२ महिनादेखि रोकिएको बिमा र सेवा–सुविधाका विषयमा सरकारले छलफलबाट समाधान निकाल्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ पौष । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले आ आफ्नो पदको शपथग्रहण गरेका

काठमाडौँ, २९ पौष । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) का केन्द्रीय सदस्य सन्तोष सुवेदी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश

काठमाडौँ, २९ पौष । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूकम्पबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि नवीनतम प्रविधि, सीप र पूर्वतयारी

काठमाडौँ, २९ पौष । निर्वाचन आयोगले समानुपातिक उम्मेदवारले नाम फिर्ता लिएका ठाउँमा अर्को नाम पठाउन राजनीतिक दलहरूलाई आग्रह गर्दैछ । निर्वाचन