दुर्गा प्रसाईंविरुद्ध आपराधिक लाभ सम्बन्धी कसुरमा पनि पक्राउ पुर्जी जारी

काठमाडौँ, २० मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध आपराधिक लाभ सम्बन्धी कसुरमा पनि अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला अदालत काठमाडौँबाट उनीविरुद्ध आपराधिक लाभसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको सीआईबीले जानेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई मंसिर ४ मा पक्राउ गरेको थियो । भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याउने हरिचन्द्र फुयलले दुर्गा प्रसाईंलाई भ्वाइस रेकर्ड पठाउने गरेको भेटिएको छ । उनको बयानको आधारमा प्रसाईं पनि आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धानमा तानिएका हुन् ।

भारतबाट ह्वाट्स एप मार्फत धम्की दिएपछि सो कुराकानीको अडियो रेकर्ड उनले मेडिकल व्यवसायी प्रसाईंलाई पठाउने गरेको भेटिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशिघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य

काठमाडौँ, ६ माघ । भीम रावलका पक्षमा खुलेका दुई नेतालाई नेकपा (एमाले) कैलाली जिल्ला कमिटीले कारबाही गरेको छ । एमाले जिल्ला कमिटी

काठमाडौँ, ६ माघ । नेपाली कांग्रेसले पार्टीका कोशी प्रदेश सभापति एवम् प्रदेशसभा संसदीय दलका नेता उद्धव थापामाथि भएको आक्रमणप्रति घोर

काठमाडौँ, ६ माघ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिक रूपमा सबै दलहरूबीच सहमति भएमा तत्काल संविधान संशोधन हुने