प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौँ, २० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने भ्रमण पुरा गरी स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्री ओलीलाई चीनका उपपरराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार आज बिहान ११ बजे बिदाइ गरेका थिए ।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री, मन्त्रीहरू र उच्च पदस्थ अधिकारीहरूले स्वागत गरेका छन् । प्रधानमन्त्री ओली गत आइतबार नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गरेका थिए ।

चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री, ली छ्याङ, चिनियाँ राष्ट्रिय जनकाँग्रेस (संसद्का) अध्यक्ष लगायतसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्रीको चीन भ्रमणको तेस्रो दिन दुई देशबिच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री ओली चिनियाँ राष्ट्रपतिसँगको भेटका क्रममा राष्ट्रपति सीले नेपाललाई ५ सय मिलियन आरएमबी (करिब नौ अर्ब) अनुदान सहयोग घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशिघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य

काठमाडौँ, ६ माघ । भीम रावलका पक्षमा खुलेका दुई नेतालाई नेकपा (एमाले) कैलाली जिल्ला कमिटीले कारबाही गरेको छ । एमाले जिल्ला कमिटी

काठमाडौँ, ६ माघ । नेपाली कांग्रेसले पार्टीका कोशी प्रदेश सभापति एवम् प्रदेशसभा संसदीय दलका नेता उद्धव थापामाथि भएको आक्रमणप्रति घोर

काठमाडौँ, ६ माघ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिक रूपमा सबै दलहरूबीच सहमति भएमा तत्काल संविधान संशोधन हुने