बीआरआईबाट नेपालले लाभ लिनेछ : प्रधानमन्त्री ओली

बेइजिङ, १९ मंसिर । चीनको औपचारिक भ्रमणमा रहेका  प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एन्ड रोड इनिसियिटभ (बीआरआई)बाट नेपालले लाभ लिने बताएका छन् । 

आज बेइजिङस्थित पेकिङ विश्वविद्यालयमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको विकासमा चीनको दरिलो साथ प्राप्त भएको र राष्ट्रपति सी चिनफिङको दुरदर्शी नेतृत्वमा सुरु भएको बीआरआई परियोजनाबाट दुई मुलुकको आपसी सम्बन्ध अझै गाढा हुने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले आगामी सन् २०२५ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्ने अवसरमा दुई देशमा उच्चस्तरीय भ्रमण आदानप्रदान भइ पारस्परिक सम्बन्धमा नयाँ आयाम थपिने उल्लेख गरे । 

ओलीले प्रविधिले मानिस बेरोजगार बनाए त्यो विनाशकारी हुने बताए । उनले प्रविधिको विकास, मानिसको रोजगारी र लोकतन्त्रको विषयमा आफ्ना धारणा राखे  ।

‘प्रविधि र लोकतन्त्रको सन्दर्भमा पनि हामीले सतर्क रहनुपर्छ’, प्रधानमन्त्री ओलीले भनेका छन्, ‘प्रविधिले यदि मानिसहरूलाई बेरोजगार बनायो भने त्यो विनाशकारी हुनेछ । लोकतन्त्र प्रविधिको प्रतिध्वनि मात्रै हुन सक्दैन ।’

चीन प्रविधिको विकासमा संसारमै अगाडि छ । कम्प्युटर चिप्सहरू र अन्य उच्च-प्रविधिका अवयवहरूको विकासमा चीन निरन्तर अगाडि बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ मंसिर । साहब आलमको उत्कृष्ट बलिङप्रेरित काठमाण्डू गोर्खाज नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको प्लेअफमा पुग्ने दोस्रो टिम

काठमाडौँ, १८ मंसिर । आइसिसी महिला टि-२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ

काठमाडौँ, १८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा पोखरा ऐभेन्जर्सले काठमाण्डू गोर्खाजविरुद्ध फिल्डिङ गर्ने भएको छ ।  आज

काठमाडौँ, १८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा आज हुने