प्यारोलमा छुटेका व्यक्ति फेरि लागुऔषध कारोबारमा पक्राउ

काठमाडौँ, १४ मंसिर । असल चालचलन भएको भन्दै प्यारोलमा छाडिएका कैदी नै लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिका–४ का विजय साउदलाई जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले १२ कात्तिकमा ३ ग्राम ३८० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेपछि प्यारोलबाट खारेज गर्ने निर्णय भएको कैलाली कारागारका जेलर दीपक पाण्डेले बताए ।

‘उहाँलाई फिर्ता बोलाउने निर्णय भएको पत्र आएपछि हामीले बुझ्दा उहाँ अर्को लागुऔषध कारोबारमा संलग्न भएर पक्राउ पर्नुभएको भेटियो’, पाण्डेले भने । साउद पहिले पनि लागूऔषध कारोबारकै कसुरमा कारागारमा थिए ।

प्रहरीले उनीसहित दुई जनालाई ६ फागुन २०७६ मा ३ ग्राम ४१० मिलिग्राम खैरो हेरोइनसहित समातेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ मंसिर । नेपाली सेनाले विभिन्न प्राविधिक पदका लागि भर्ना खुलाएको छ ।  भर्ना छनौट निर्देशनालयले आज एक  सूचना

काठमाडौँ, २८ मंसिर । वायुसेवा सञ्चालक संघले खुम्बु क्षेत्रमा उडान नरोक्ने जनाएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले हेलिकोप्टर उडानमा रोक

काठमाडौँ, २८ मंसिर । नेपाल लेयर्स कुखुरापालक संघले कुखुराको अण्डाको मूल्य बढाएको छ । बिहीबार संघको भर्चुअल माध्यमबाट बसेको बैैठकले

काठमाडौँ, २८ मंसिर । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको मूल्य यसप्रकार तोकेको छ ।