काठमाडौँ, १३ मंसिर । २०८० सालमा रिलिज भएको फिल्म ‘जारी’लाई चलचित्र विकास बोर्डले गतवर्ष सर्वाधिक कमाउने फिल्मको रुपमा पुरस्कृत गरेको छ ।
बुधबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले निर्माता रामबाबु गुरुङलाई पुरस्कार प्रदान गरे ।
बाँसुरी फिल्म्सको सोसल ड्रामा ‘जारी’ले राष्ट्रिय चलचित्र पुरस्कारमा सर्वोत्कृष्ट व्यवसायिक फिल्मको विधा जितेको हो । यसवर्षदेखि धेरै कमाउने फिल्मलाई पुरस्कृत गर्न थालिएको हो । चलचित्र विकास बोर्डको बक्सअफिस तथ्यांकअनुसार ‘जारी’ले १७ करोड १७ लाख रुपैयाँ ग्रस कमाइ गरेको थियो । उसले ६ लाख १९ हजार टिकट विक्री गरेको थियो ।