बुटवल, १२ मंसिर । बुटवल उपमहानगरपालिकामा डेंगु खोज र नष्ट गर अभियान सुरु भएको छ ।
स्वास्थ्य कार्यालय रूपन्देही,बुटवल उपमहानगरपालिका,टोल विकास संस्थाहरूसँगको सहकार्यमा बुटवल उपमहानगरपालिका वडा नं ५ का सम्भावित जोखिमयुक्त क्षेत्रमा डेंगुको लार्भा खोज र नष्ट गर अभियान सुरु गरिएको हो ।
बुटवलको मुख्य हाटबजार र तिनाउ नदी किनारको बस्ती रहेको ५ नम्बर वडा डेंगु संक्रमणको सम्भावित जोखिमयुक्त क्षेत्र भएकोले डेंगुको लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गरिएको बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखाकी जनस्वास्थ्य निरीक्षक कल्पना पाण्डे भुसालले बताइन् । यो अभियान दुई दिनसम्म चल्ने उनले जानकारी दिए । समुदायमा चेतना जगाउने हेतुले अभियान शुरुवात गरेको बताइन् ।