प्रधानमन्त्री ओलीद्वारा एनपीएलको ट्रफी अनावरण

काठमाडौँ, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी अनावरण गरेका छन् ।

काठमाडौँको धरहरा परिसरमा सोमबार नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले ट्रफी सार्वजनिक गरेका हुन् ।

ट्रफी सार्वजनिक कार्यक्रममा प्रतियोगितामा सहभागी आठै टिमका मार्की खेलाडी समेत उपस्थित थिए । एनपीएलको पहिलो संस्करण यही मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुने तालिका छ ।

प्रतियोगिताका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन् । प्रतियोगिताको प्रत्यक्ष प्रसारणका निम्ति क्यानले भारतीय टेलिभिजन स्टार स्पोर्ट्ससँग सम्झौता गरेको छ । 

प्रतियोगितामा विराटनगर किंग्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दै छन् । उद्घाटन खेलमा जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुने तालिका छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ मंसिर । नेपाली सेनाले विभिन्न प्राविधिक पदका लागि भर्ना खुलाएको छ ।  भर्ना छनौट निर्देशनालयले आज एक  सूचना

काठमाडौँ, २८ मंसिर । वायुसेवा सञ्चालक संघले खुम्बु क्षेत्रमा उडान नरोक्ने जनाएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले हेलिकोप्टर उडानमा रोक

काठमाडौँ, २८ मंसिर । नेपाल लेयर्स कुखुरापालक संघले कुखुराको अण्डाको मूल्य बढाएको छ । बिहीबार संघको भर्चुअल माध्यमबाट बसेको बैैठकले

काठमाडौँ, २८ मंसिर । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको मूल्य यसप्रकार तोकेको छ ।