काठमाडौँ, १६ कार्तिक । काठमाडौँ उपत्यकामा सुरक्षा निकायको कडा निगरानीकाबीच पटका पड्किने क्रम भने यो तिहारमा रोकिएको छैन ।
काठमाडौँको मुख्य मार्गभन्दा अलि भित्री तथा काठ क्षेत्रमा अत्यधिक रुपमा पटका पड्किएका छन् ।
हिजो लक्ष्मी पूजाको बेलुकादेखि नै पटका पड्काउने क्रम बढेको र आज पनि चलिरहेको छ । लगातार पटका पड्काउँदा ध्वनी प्रदूषण भएको र आगलागीको जोखिम पनि बढेको चन्द्रागिरीका शरण शर्माले बताउनुभयो । मुख्य मार्ग तथा काठमाण्डौको ‘कोर’ क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति देखिए पनि अली भित्री सडकहरुमा न्यूनरुपमा मात्रै गस्ती भइरहेको छ ।
नेपाल प्रहरीले भने पटका तथा विष्फोटक पदार्थ नियन्त्रणमा उपत्यकाका १० वटै नाकामा सुरक्षा निगरानी बढाइएको तथा विभिन्न क्षेत्रमा जाँच अभियान तीव्र भइरहेको दाबी गरेको छ ।
प्रहरीलाई छलेर यस्ता गतिविधि छिटफुट घटना भएमा पक्राउ गर्ने र कारबाही गर्ने गरिएको प्रहरीले जनाएको छ ।