चाँदीका गरगहनासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ, १५ असोज । पोखरा महानगरपालिका-३२ मजुवाबाट अवैध रूपमा ल्याएको ५ किलो ६ सय ९० ग्राम तौलको चाँदीका गरगहना सहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

प्रहरीका अनुसार भारत पूर्वी चम्पारण सुगौली थाना-१० घर भई हाल कास्की पोखरा महानगरपालिका-९ नयाँ बजार बस्ने ३५ वर्षीय चन्द्र भूषण प्रसादलाई सोमबार दिउँसो पक्राउ गरेको हो । 

इलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरीले पोखरातर्फ आउँदै गरेको मिनिबसमा सवार चन्द्र भूषणलाई लुकाई छिपाई ल्याएको उक्त तौलको विभिन्न चाँदीका गरगहना सहित पक्राउ गरेको बताइएको छ । उनको साथबाट चाँदी जस्तो देखिने सेतो धातुको बुट्टावाला पाउजु १ सय ४० थान, झल्लार पाउजु १ सय ९२ थान, सादा पाउजु १ सय २५ थान, चन्द्रमा ५ थान, साडी पिन ११ थान र पाउजुको लक हुक ४ सय ९८ थान बरामद भएको हो । 

उनलाई उक्त गरगहना सहित थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० असोज । नेपाल र भियतनामबिच व्यापार एवं लगानी प्रवर्द्धनका लागि दुई देशका निजी क्षेत्रले समझदारी गरेका छन् । नेपाल चेम्बरको

काठमाडौँ, २० असोज । बाढीपहिरामा परी हालसम्म देशभर २४४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य

काठमाडौँ, २० असोज । पश्चिम नवलपरासीको सुनवल नगरपालिका-७ ज्यामिरेमा माइक्रोबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार पछाडि

काठमाडौँ, २० असोज । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ ।