बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी

काठमाडौँ, १५ असोज । यातायात व्यवसायीले सार्वजनिक बसको चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन् ।

यातायात व्यवस्था विभागको समन्वयमा यातायात व्यवसायीहरूले गएको शनिवारदेखि अग्रिम टिकट बुकिङ खुला गरेका थिए । तर, बाढी पहिरोले बिग्रिएका सडकमा गाडी चलाउन सकस भएको र गाडी चलाउने/नचलाउने अन्योलमा रहेको भन्दै व्यवसायीले टिकट बुकिङ बन्द गर्ने तयारी गरेका हुन् ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले टिकट बुकिङ शुरू गरेकै दिन १२ गतेको विपद्ले बस सञ्चालन हुन नसकेकाले बुकिङ बन्द गर्ने तयारी गरेको बताउनुभयो । उहाँले आज महासङ्घको बैठक बसेर यस विषयमा सरकारसँग छलफल गर्ने र सबैको राय सुझाव समेटेर निर्णय गर्ने बताए ।

असोज १२ गते आएको बाढी पहिरोले काठमाडौँ उपत्यकालगायत देशका धेरै ठाउँमा ठूलो क्षति भएको छ । सडक र पुलमा क्षति हुँदा गाडी चलाउन कठिनाइ भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आइतबारदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकेजी

काठमाडौँ, २० असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।  गोलभेडा

काठमाडौँ, २० असोज । नेपाल राष्ट्र बैंकका अनुसार आजको विदेशी मुद्राको विनिमय दर यस प्रकार तोकेको छ । Exchange Rate

काठमाडौँ, २० असोज । नेपाल पत्रकार महासङ्घको जिल्ला तथा प्रदेश अध्यक्षहरूको राष्ट्रिय भेलाले मङ्सिर २८ गते शुक्रवार महासङ्घका तीनै तहको