काठमाडौँ, १५ असोज । गुल्मीमा घर लिप्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार जिल्लाको मालिका गाउँपालिका-२ दर्लिङ्ग अडारे निवासी २७ वर्षीया माया रोका मगरको मृत्यु भएको हो ।
मगर आफ्नै घरको बाहिर दलानमा लिप्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएकी थिइन् । करेन्ट लागेर घाइते भएकी रोकाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोमबार दिउँसो साढे ३ बजे तिर करेन्ट लागेको थियो । मुसाले काटेर नाङगो बनाएको बिजुलीको तारमा अचानक छुन गई करेन्ट लागेको प्रहरीले जनाएको छ ।