झ्याप्ले खोला पहिरोबाट २७ जनाको शव निकालियो

काठमाडौँ, १३ असोज । झ्याप्ले खोला पहिरोमा पुरिएका बसहरूबाट २७ जनाको सब निकालिएको छ ।

नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरीको टोलीले नागढुङ्गा भन्दा मुनि रहेको झ्याप्ले खोलामा गएको पहिरो हटाउने काम गरिरहेको छ । 

धादिङ प्रहरीका अनुसार पहिरोबाट अहिलेसम्म २७ जनाको शव निकालिएको छ । हिजो शनिबार १४ जना र आज बिहान १३ जनाको सब निकालिएको  छ ‌ । 

पहिरोले तीनवटा जति बस पूर्णरुपमा पुरेको अनुमान गरिएको छ । डोजर स्काभेटर लगायतका उपकरणहरू प्रयोग गरेर अहिले पहिरो काम भइरहेको छ । माथिबाट ठुलो पहिरो खसेको देखिन्छ र पहिरोले छ सातवटा सवारी साधनमा क्षति पुर्‍याएको छ । वसपुरीको भगनावेश श्रेष्ठ हटाउन र मृतकहरूको थप उद्धार गर्नका लागि सुरक्षाकर्मीहरू परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि

काठमाडौँ, ३ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । उक्त पार्टीले बिहीबार बिहान ८ बजे केन्द्रीय

काठमाडौँ, ३ असार । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको पाठ्यक्रमलाई अत्याधुनिक र रोजगारउन्मुख बनाइने बताएका छन् । आज मध्यपश्चिम विश्वविद्यालयको

काठमाडौँ, ३ असार । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक