बागमती प्रदेशमा बाढी पहिरोमा परेर ६ जनाको मृत्यु

काठमाडौँ, १२ असोज । बागमती प्रदेशमा बाढी पहिरोमा परेर ६ जनाको मृत्यु भएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार पछिल्लो २४ घण्टामा बाढी पहिरोका कारण ६ जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार पहिरोका कारण प्रदेशमा ५ जना र बाढीबाट एक जनाको मृत्यु भएको छ । बिहीबारदेखि भएको वर्षाका कारण खसेको पहिरो र बाढीका कारण प्रदेशको काभ्रे, सिन्धुली र सिन्धुपाल्चोकमा मानवीय क्षति भएको प्रदेश प्रहरीले जनाएको छ ।

सिन्धुलीमा खोला तर्ने क्रममा बगाउँदा एक जनाको मृत्यु भएको छ भने काभ्रेमा पहिरोले ३ जना र सिन्धुपाल्चोकमा २ जनाको मृत्यु भएको हो । बाढी पहिरोबाट काभ्रेमा १० जना बेपत्ता भएका छन् भने धादिङमा ३ र मकवानपुरमा एक जना गरी १४ जना बेपत्ता भएको छ ।

बाढी पहिरोका कारण प्रदेशमा १८ वटा भौतिक संरचनामा पूर्ण क्षति पुगेको भने एउटा आंशिक क्षति भएको छ । बाढी पहिरोले मकवानपुरमा एक र काभ्रेमा १७ वटा भौतिक संरचना पूर्ण र रसुवाको एक घर आंशिक क्षति पुगेको छ । प्रदेशमा बाढी पहिरोले एक बस र एक मोटरसाइकलमा क्षति भएको ।

प्रदेशमा बाढी पहिरोको जोखिममा रहेका ४ स्थानान्तरण गरिएको छ भने १०७ परिवारलाई स्थानान्तरण गरिएको छ । बाढी पहिरोको जोखिममा रहेका चितवनका ३ घरका १०० परिवार र दोलखाका एक घरका ७ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ ।

प्रदेशमा काभ्रेका ४ र दोलखाका एक गरी ५ घर बाढी पहिरोको उच्च जोखिममा रहेको । प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार प्रदेशमा बाढी पहिरोमा परेका र उच्च जोखिममा रहेको खोजी तथा उद्धारका लागि १२० जना प्रहरी परिचालन गरिएको छ ।

बाढी पहिरोको घटनामा परेका र जोखिम नियन्त्रणका लागि मकवानपुरमा १०,  चितवनमा २०, धादिङमा १०, काभ्रेमा ५०, दोलखामा १०, सिन्धुलीमा १५ जना प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ असार । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको नवनियुक्त उपकुलपति प्रा डा दीपक अर्यालले आज

काठमाडौँ, २५ असार । प्रतिनिधी सभाको बैठक १ बजेदेखि सुरु भएको छ ।  प्रत्यक्ष प्रसारण (LIVE)

काठमाडौँ, २५ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वमा आमुल परिवर्तन ल्याइरहेको प्रविधिको विकासले शान्ति, मर्यादा र मानवताको

काठमाडौँ, २५ असार । खानेपानीमन्त्री प्रदीप यादवले विगत केही दिन यतादेखि पर्सा, बारासहित मधेसका जिल्लामा चापाकलहरु सुकेर खानेपानीको सङ्कट बढेका