लागु औषध लिन नागढुंगा पुगेका युवा पक्राउ

काठमाडौँ, ४ असोज । अवैध लागु औषध खैरो हेरोइनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा लागु औषध ल्याउनेदेखि रिसिभ (लिन) ट्याक्सी लिएर पुग्ने समेत छन् । प्रहरी वृत्त थानकोटको टोलीले सिरहाको लहान नगरपालिका–१७ का २२ वर्षीय शिव शंकर ठाकुर, सोही ठाउँका २४ वर्षीय अर्जुन कुमार यादव र लहान–४ का २८ वर्षीय संजिवकुमार यादव छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार शिव र अर्जुन सिरहाबाट लागु औषध खैरो हेराइन ल्याउने व्यक्ति हुन् भने संजिव उक्त खैरो हेरोइन लिन ट्याक्सी लिएर नागढुंगा पुग्ने व्यक्ति हुन् । उनीहरुले ल्याएको लागु औषध रिसिभ गर्न संजिव बा २ ज ७१६५ नम्बरको भाडाको ट्याक्सी लिएर नागढुंगा पुगेका थिए । उनीहरुलाई बिहीबार ६ बजेतिर प्रहरीले पक्राउ परेको हो ।

सिरहाबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७२८ नम्बरको यात्रुबहाक बसबाट उनीहरु पक्राउ परेका हुन् । उनीहरुबाट ३७ ग्राम खैरो हेराइन बरामद भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ पौष । विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ताजा जनादेशको विकल्प नभएको बताएका छन् ।  आज झापाको विर्तामोडमा पत्रकार

काठमाडौँ, २९ पौष । नेपाल राष्ट्र बैंकले एकपछि अर्को ऋणपत्र निष्कासन गरिरहेको छ ।  यही क्रममा आज पनि एकवर्षे अवधिका लागि

धनगढी, २९ पौष । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन्

काठमाडौँ, २९ पौष । काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत बन्दसत्र आज बिहान ९ बजेबाट पुनः सुरु हुने