आजको मौसम

काठमाडौँ, ४ असोज । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणमा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशका केही भू–भागमा बिहानैदेखि मौसम बदली र वर्षा भइरहेको छ । कोसी र वाग्मती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ । यी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा छ ।   

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, वाग्मती र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  

त्यस्तै राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ कार्तिक । गोरखाको सिरानचोक गाउँपालिका-४, चोरकाटेस्थित घुम्तीमोडमा भएको माइक्रोबस दुर्घटनामा चालकसहित १७ यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी

काठमाडौँ, २३ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, २३ कार्तिक । नेपाल सरकारका सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदीश खरेलसँग आगामी साता दक्षिण कोरियामा ‘नेपाली समुदायको साक्षात्कार

काठमाडौँ, २३ कार्तिक । आज २०८२ साल कार्तिक २३ गते आइतबारको राशिफल । मेष : दिन सामान्य छ । विश्वास गरेका पात्रले