कारागारमा एक युवकको मृत्यु

काठमाडौँ, ३ असोज । कैलाली कारागारमा युवकको मृत्यु भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

३१ भदौमा शौचालयमा लडेको अवस्थामा भेटिएका घोडाघोडी नगरपालिका–४ का २२ वर्षीय दिपक विकको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उक्त घटनाको अनुसन्धानका लागि उनकी प्रेमिका भनिएकी १४ वर्षीया किशोरीलाई पक्राउ परेकी छन । ती किशोरीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

उनै किशोरीलाई जबरजस्ती करणी गरेको मुद्दामा दिपक पुर्पक्षका लागि कैलाली कारागार चलान भएर बन्दी जीवन बिताइरहेका थिए । कतिपयले विकको कारागारभित्र कुटपिट गरेर हत्या भएको दाबी गरेपनि घटनाको वास्तविकता भने फरक रहेको प्रहरीको भनाइ छ ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले प्रारम्भिक अनुसन्धानका क्रममा विकको सलपास नामक विषादी सेवनबाट मृत्यु भएको देखिएको बताए । उक्त विषादी प्रेमिकामार्फत नै विकको हातमा पुगेको अनुसन्धानका क्रममा देखिएको प्रहरीको भनाइ छ ।

प्रहरी स्रोतकाअनुसार विकको ३४ पृष्ठ लामो सुसाइड नोट समेत फेला परेको छ । त्यसमा विकले अब अर्को जुनीमा रमाउने’ लेखेको प्रहरी स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ कार्तिक । लमजुङमा जिपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज क्व्होलासोथार गाउँपालिका– ३ घलेगाउँबाट

काठमाडौँ, २१ कार्तिक । बजारमा तने बोडीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज

काठमाडौँ, २१ कार्तिक । डोल्पा जिल्लाबाट यस वर्ष २ करोड २० लाख रुपैयाँभन्दा बढीको स्याउ निर्यात भएको छ ।  राष्ट्रिय

काठमाडौँ, २१ कार्तिक । जागिरको प्रलोभन देखाएर अनलाइन ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा