धरहरा निःशुल्क चढ्न पाइने

काठमाडौँ, ३ असोज । आजदेखि धरहरा सञ्चालन हुने भएको छ ।

शहरी विकास मन्त्रालयको शहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका अनुसार धरहरा चढ्न तत्काल शुल्क तिर्नुपर्ने छैन ।

सरकारले गठन आदेश नबनाउञ्जेलसम्म अहिलेलाई निःशुल्क गरिएको इकाइले जनाएको छ । इकाइले निःशुल्क प्रवेश गर्ने अनलाइन टिकटका लागि वेबसाइट बनाइरहेको छ । dharhara.gov.np मार्फत धरहरा चढ्ने अनलाइन टिकट बुक गर्न सकिनेछ । तर यो वेबसाइट बन्न बाँकी भएकाले आजका लागि धरहरा छेउको आकाशे पुलमुनि रहने काउन्टरबाट टिकट लिने व्यवस्था मिलाइएको छ ।

भोलिदेखि वेबसाइटबाटै टिकट बुक गर्न सकिने गरी तयारी भइरहेको छ । एक दिनमा बढीमा पाँच सय जनाले निःशुल्क धहरार चढ्न पाउने छ । त्यसबाहेक थप एक सय जना वृद्ध, अशक्त, अपाङ्गता भएका व्यक्तिहरू चढन् पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ कार्तिक । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

काठमाडौँ, २३ कार्तिक । आज २०८२ साल कार्तिक २३ गते आइतबारको राशिफल । मेष : दिन सामान्य छ । विश्वास गरेका पात्रले

भक्तपुर, २२ कार्तिक । गृहमन्त्रालय अन्र्तगत रहेको सरकारी संस्था जुद्ध वारुण यन्त्र कार्यालय भक्तपुरका राष्ट्रसेवक कर्मचारीहरुका विच ध्वनी चिकित्साको प्रयोग

काठमाडौँ, २२ कार्तिक । अनलाइन माध्यमबाट हुने ठगीका घटना बढेको भन्दै प्रहरीले सावधान रहन आग्रह गरेको छ । काठमाडौँ प्रहरी परिसर