आजको मौसम

काठमाडौँ, ३ असोज । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी र बागमती प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी पहाडी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै आज राति कोशी र बागमती प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भूभागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ कार्तिक । गोरखाको सिरानचोक गाउँपालिका-४, चोरकाटेस्थित घुम्तीमोडमा भएको माइक्रोबस दुर्घटनामा चालकसहित १७ यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी

काठमाडौँ, २३ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, २३ कार्तिक । नेपाल सरकारका सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदीश खरेलसँग आगामी साता दक्षिण कोरियामा ‘नेपाली समुदायको साक्षात्कार

काठमाडौँ, २३ कार्तिक । आज २०८२ साल कार्तिक २३ गते आइतबारको राशिफल । मेष : दिन सामान्य छ । विश्वास गरेका पात्रले