हत्याको आरोपमा एकजना पक्राउ

काठमाडौँ, २ असोज । बर्दियाको बारबर्दिया नगरपालिका ५ तर्कापुरमा एक महिलाको हत्या भएको छ भने हत्याको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गएराति १२ बजेर २० मिटेमा बारबर्दिया नगरपालिका वडानम्बर ११ बस्ने अन्दाजी ४० वर्षीय शिवप्रसाद थारु (पप्पु)ले सोही ठाउँकी ३९ वर्षीया मीना थारु हत्या गरेका हुन् ।

उनले मीनाको घरमै गएर टाउको र घाँटीमा धारिलो हतियार प्रहार गरेका थिए । उपचारका लागि बारबर्दिया नगर अस्पताल जयनगर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

हत्यापछि फरार भएका शिवप्रसाद थारुलाई प्रहरीले बारबर्दिया नगरपालिका वडानम्बर ५ को सिटीबरेली क्षेत्रबाट पक्राउ गरेको छ । हत्याको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २५ भदाै । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले कार्यक्षेत्रमा काम गर्ने क्रममा विद्युत् दुर्घटनामा परी घाइते भएका कर्मचारी

काठमाडौँ, २५ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेनको सरकार सञ्चालनको शैलीमाथि प्रश्न उठाएका छन्। पोखरेलले सामाजिक सञ्जालमार्फत

स्याङ्जा, २५ भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको बताएका छन्

काठमाडौँ, २५ भदौ । राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले कानुन निर्माणमा राष्ट्रिय सभाका कारण अवरोध भएको भन्ने अभिव्यक्ति दिएको भन्दै