देशभर ९ हजार ४८६ जनामा डेंगु सङ्क्रमण पुष्टि

काठमाडौँ, १ असोज । देशका ७७ जिल्लामध्ये ७६ जिल्लामा डेंगु फैलिएको छ ।

पछिल्लो तथ्याङ्क अनुसार देशभर ७६ जिल्लामा ९ हजार ४८६ जनामा डेंगु पुष्टि भएको छ । जसमध्ये ६ जनाको मृत्यु भएको छ ।

यो तथ्याङ्क गत माघ दोस्रो साता यताको रहेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ । हुम्लाबाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण पाइएको हो ।

गण्डकी प्रदेशमा सबैभन्दा बढी ४ हजार ५३९ जना सङ्क्रमित छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा १३९ जनामा डेंगु सङ्क्रमण फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ कार्तिक । लमजुङमा जिपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज क्व्होलासोथार गाउँपालिका– ३ घलेगाउँबाट

काठमाडौँ, २१ कार्तिक । बजारमा तने बोडीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज

काठमाडौँ, २१ कार्तिक । डोल्पा जिल्लाबाट यस वर्ष २ करोड २० लाख रुपैयाँभन्दा बढीको स्याउ निर्यात भएको छ ।  राष्ट्रिय

काठमाडौँ, २१ कार्तिक । जागिरको प्रलोभन देखाएर अनलाइन ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा