धुलिखेल-खावा सडकखण्डमा दुई दिन मालवाहक गाडी सञ्चालनमा रोक

काठमाडौँ, २० भदौ । अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्डमा दुई दिन टिपरलगायत मालवाहक सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । 

सडक मर्मतलाई निरन्तरता दिन सडक डिभिजन कार्यालय भक्तपुरले आज र भोलि टिपर र मालवाहक गाडी सञ्चालनमा रोक लगाएको हो ।

निर्माण व्यवसायीको लापर्वाहीका कारण बर्खाको समयमा सडक जीर्ण भएर काठमाडौँबाट काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र चीन जोड्ने तातोपानी नाका आवतजावत गर्ने प्रमुख सडक जोखिमपूर्ण अवस्थामा रहेकाले निर्माण विस्तार गर्न दुई दिन मालवाहक गाडी सञ्चालनमा रहेका लगाएको कार्यालयले जनाएको छ । 

निर्माणाधीन धुलिखेल–खावा सडकखण्ड अत्यन्तै जीर्ण भएकाले सडक निर्माणमा सहयोग गर्न सबैसँग कार्यालयले अनुरोध गरेको हो । निर्माण सामग्रीको ढुवानी गर्ने टिपरका साथै चीनको खासा हुँदै नेपाल भित्रिने वस्तुको ढुवानी गर्ने कन्टेनर उक्त सडकमा सञ्चालन हुँदै आएका हुन्

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ भदौ । गायिका आनी छोइङ डोल्मा मेची-महाकाली उद्धार अभियान लिएर देश दौडाहामा निस्कँदैछिन् । असोज १५ गतेदेखि प्रधानमन्त्री

काठमाडौँ, २४ भदौ । अभिनेता राजेश हमालले नेपालमा राजनीतिक दलका नेताहरूले सन्तोषजनक काम गर्न नसक्दा जनतामा निराशा देखिएको बताएका छन् ।  काठमाडौँ

काठमाडौँ, २३ भदौ । चलचित्र ‘नाङ्गो गाउँ’ युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको छ । शुक्रबार बुढा सुब्बा डिजिटल युट्युब च्यानलबाट

काठमाडौँ, २३ भदौ । वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठको सम्पूर्ण उपचार लन्जेभिटी हेल्थ होमले आजीवन निःशुल्क गर्ने भएको छ । शनिबार