एक महिनामा १९ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा

काठमाडौँ, २० भदौ । गण्डकी प्रदेशमा चालू आर्थिक वर्षको पहिलो महिनामा ट्राफिक नियमको उल्लङ्घन गर्ने १९ हजार एक सय १३ सवारी साधनलाई कारबाही गरिएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पोखराले प्रदेशका ११ वटा जिल्लामा गरी एक महिनामा उक्त सङ्ख्यामा सवारीसाधनलाई कारबाही गरिएको जनाएको छ । यसैगरी सोही अवधिमा सवारीसाधन कारबाहीबाट रु एक करोड ५० लाख ५२ हजार पाँच सय राजस्व सङ्कलन भएको छ ।

यहाँ कास्कीमा सबैभन्दा बढी सवारीसाधन कारबाहीमा परेका छन् । कास्कीमा सात हजार तीन सय १३ सवारी साधन कारबाहीमा पर्दा रु ५४ लाख ९८ हजार पाँच सय राजस्व सङ्कलन गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ भदौ । गायिका आनी छोइङ डोल्मा मेची-महाकाली उद्धार अभियान लिएर देश दौडाहामा निस्कँदैछिन् । असोज १५ गतेदेखि प्रधानमन्त्री

काठमाडौँ, २४ भदौ । अभिनेता राजेश हमालले नेपालमा राजनीतिक दलका नेताहरूले सन्तोषजनक काम गर्न नसक्दा जनतामा निराशा देखिएको बताएका छन् ।  काठमाडौँ

काठमाडौँ, २३ भदौ । चलचित्र ‘नाङ्गो गाउँ’ युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको छ । शुक्रबार बुढा सुब्बा डिजिटल युट्युब च्यानलबाट

काठमाडौँ, २३ भदौ । वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठको सम्पूर्ण उपचार लन्जेभिटी हेल्थ होमले आजीवन निःशुल्क गर्ने भएको छ । शनिबार