काठमाडौँ, १२ भदौ । धनगढीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आज दिउँसो धनगढी उपमहानगरपालिका–२ की ६२ वर्षीया भागा भट्टको करेन्ट लागेर मृत्यु भएको हो ।
उनी आफ्नै घरमा पानी तान्ने मोटरबाट अचानक करेन्ट लागेर घाइते भएकी थिइन् । घाइते भएकी उनको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।