ट्रम्पविरुद्ध अभियोग पुनः सुरु गर्न अपिल

एजेन्सी, १२ भदौ । अमेरिकी न्याय विभागका विशेष काउन्सिल ज्याक स्मिथले सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा हस्तक्षेप गर्ने प्रयास गरेको आरोपमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पुनः अभियोगको लागि अपिल दायर गरेका छन् ।

यस पुनरावेदनमा उनीविरुद्धका यसअघिका आपराधिक मुद्दाहरू यथावत् राखिए पनि पूर्व राष्ट्रपति कार्यालयका केही कामका लागि उन्मुक्ति (छूट)सम्बन्धी सर्वोच्च अदालतको टिप्पणीपछि ट्रम्पविरुद्धको आरोपमा कमी गरिएको हो ।

नयाँ अपिलले ट्रम्प विरुद्धको चार आपराधिक मुद्दालाई यथावत् राखेको छ तर उनको कथित दुर्व्यवहारको बारेमा केही विवरणहरू प्रदान गरेको छ। ट्रम्पले २०२० को चुनावमा कुनै पनि हस्तक्षेप गरेको आरोप अस्वीकार गर्दै आफूमाथि लागेको आरोप खण्डन गरेका छन् ।

एक सामाजिक सञ्जाल पोस्टमा ट्रम्पले ‘नयाँ अपिल अन्त्य भएको दमनको पुनरुत्थान गर्न’ र ’निर्वाचनबाट अमेरिकी जनताको ध्यान भङ्ग गर्न’ भएको लेखेका छन्।अमेरिकामा आगामी नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । अवकाश प्राप्त निजामती कर्मचारी वा तिनका ‘नजिकका हकदार’ भ्रष्टाचारसहित नैतिक पतन जनिने कसुरमा दोषी ठहर भए

काठमाडौँ, ७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खला–२ का प्रतियोगीहरुले आज भेटघाट

विराटनगर, ७ वैशाख । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रवादी मिलेरै संविधानसभामार्फत संविधान घोषणा गरे पनि अहिले केही मिल्न नसकेको

काठमाडौँ, ७ वैशाख । अवकाश प्राप्त निजामती कर्मचारी भ्रष्टाचारलगायत नैतिक पतन हुने कसुरमा दोषी ठहर भए पनि पेन्सन सुविधा पाउने