विमानस्थलबाट सुनसहित दुई जना पक्राउ

काठमाडौँ, ११ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पहेँलो धातु करिब ८१ ग्राम सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

अवैध रूपमा सङ्कलन गरी लैजान लागेको सुन जस्तो देखिने पहेँलो धातु करिब ८१ ग्राम सहित अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट २ जनालाई सोमबार दिउँसो पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा नवलपरासी बर्दघाट नगरपालिका-४ घर भएका २७ वर्षीय प्रशान्त गैरे र सप्तरी सुरूङ्गा नगरपालिका-३ घर भएका ४१ वर्षीय सन्तोष कुमार कुवर रहेका छन् ।

हिमालयन एयरलाइन्सको उडानद्वारा कतारबाट काठमाडौँ आएका प्रशान्तबाट सन्तोषले अवैध रूपमा सङ्कलन गरी लैजान लागेको उक्त धातु फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ पौष । लुम्बिनी प्रदेश सरकारले माघी पर्वको अवसरमा माघ २ गते प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ

काठमाडौँ, २९ पौष । रूपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु छ । प्रहरीका अनुसा रोहिणी गाउँपालिका-३ रामनगरस्थित सडकमा युपि

काठमाडौँ, २९ पौष । कैलालीमा जुवाको खालबाट ११ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीका अनुसार सोमबार राति २ बजे

काठमाडौँ, २९ पौष । जाडोले सोलुखुम्बुका ९३ वटा सामुदायिक विद्यालय बन्द गरिएको छ ।  चिसोका कारण पठनपाठनमा कठिनाई भएपछि सात