राजनीतिक परिवर्तनमा सांस्कृतिक योद्धाहरूको ऐतिहासिक भूमिका: अध्यक्ष प्रचण्ड

काठमाडौँ, ११ भदौ  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक सामाजिक परिवर्तनका लागि जनतालाई जागृत गर्न सांस्कृतिक योद्धाहरूको ऐतिहासिक भूमिका रहेको बताएका छन् ।

जनगायक जेबी टुहुरेको तेस्रो स्मृति दिवसका अवसरमा जेबी टुहुरे फाउन्डेसनले आयोजना गरेको स्मृति दिवस तथा स्रष्टा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले दर्शन, सिद्धान्त र राजनीतिका धेरै कुरा गरेर भन्दा गीत, सङ्गीतका थोरै प्रस्तुतिबाट जनतामा धेरै भन्दा धेरै जागरण पैदा गर्न सकिने बताए ।

जेबी टुहुरे फाउन्डेसनका निर्भिका टुहुरेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष गुरु बराल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य पूर्णबहादुर घर्तीलगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असार । भोगाधिकारका आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति, संस्था तथा निकायलाई कानुनअनुसार लिजमा रूपान्तरण प्रक्रिया पूरा

काठमाडौँ, ४ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गतवर्षको ईपासपोर्ट खरिद प्रक्रियामा तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई समेत अनुसन्धानको दायरामा

काठमाडौँ, ४ असार । नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले मन्त्रीले नै प्रतिनिधिसभा नियमावली र समान्य शिष्टाचार भुलेको भन्दै नियमापत्ति

काठमाडौँ, ४ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिएको विवादास्पद अभिव्यक्ति