आजको मौसम

काठमाडौँ, ११ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। 

आज राति देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ फागुन । प्रतिकूल मौसमका कारण महाशिवरात्रि पर्वका अवसरमा पवित्र तीर्थस्थल गोसाइँकुण्ड जाने धार्मिक यात्रु प्रभावित भएका छन् । 

काठमाडौँ, ३ फागुन । पशुपति क्षेत्रबाट उच्छृङ्खल गतिविधि गर्ने १३८ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार

काठमाडौँ, ३ फागुन । विराटनगर महानगरपालिका-५ स्थित पुलचोकमा दुर्घटनामा परेको स्कोरपिओ गाडीबाट ४२० किलो गाँजा बरामद भएको छ । प्रहरीका

जाजरकोट, ३ फागुन । चुनिचाँदे गाउँपालिका–१० लमाराका नरबहादुर रोकायको ढुङ्गाले लागेर मृत्यु भएको छ । बाख्रा चराउन जङ्गल गएका रोकायको