ललितपुरबाट लागु औषधसहित ४ जना पक्राउ

ललितपुर, १० भदौ । प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका–१ स्थित तिमल्सिना चोकबाट लागु औषध ट्रामाडोल सहित ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महालक्ष्मी–६ स्थित सानागाउँ बस्ने २९ वर्षीया सबिना महर्जन, २९ वर्षीय समित राजबंशी, गोदावरी नगरपालिका–७ बस्ने ३५ वर्षीय पदम लामा र महालक्ष्मी नगरपालिका–९ बस्ने २९ वर्षीय अमुल पोखरेल छन् । आइतबार साँझ उनिहरुलाई तिमल्सिना चोक स्थित चियाचु क्याफेबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले जानकारी दिए । प्रहरीले उनीहरूको साथबाट लागु औषध ट्रामाडोल ७० पत्ता र खुकुरी  एक थान बरामद गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ चैत । सेयर बजार परिसूचक (नेप्से) आज १०.१४ अङ्कले घटेको छ । आइतबार २१.६३ अङ्कले ओरालो लागेको नेप्सेले सोमवार

काठमाडौँ, ४ चैत । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नागरिक लगानी कोष, सञ्चय कोष लगायतका कोषहरुको लगानी उत्पादनमुलक

काठमाडौँ, ४ चैत । आज बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

काठमाडौँ, ४ चैत । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक ११ बजे संसद भवन नयाँ बानेश्वरमा सुरु भएको छ । प्रत्यक्ष प्रसारण