हेटौंडा, ९ भदौ । खाल्टोमा जमेको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
खाल्टोमा जमेको पानीमा डुबेर राक्सिराङ गाउँपालिका–६ सिलिङ्गेका शेरबहादुर चेपाङकी ३ वर्षीया छोरीको मृत्यु भएको हो । घरबाट करिब २५ नजिक रहेको पानी ट्यांकी बनाएको पुरानो खाल्टोमा जमेको पानीमा डुबेर बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।