मोटरसाइकल दुर्घटनामा पूर्ववडाध्यक्षको मृत्यु

सर्लाही, ८ भदौ । सर्लाहीको कविलासी नगरपालिका–४ हेमपुरका पूर्ववडाध्यक्ष ४३ वर्षीय अरविन्द कुमार यादवको मोटरसाइकल दुर्घटनामा ज्यान गएको छ ।

गएराति बरहथवा नगरपालिका–१० सीतापुरस्थित किसनपुर चोकमा मोटरसाइकल दुर्घटनामा यादवको निधन भएको हो । राति साढे ९ बजेतिर पिपरियाबाट बरहथवातर्फ गइरहेको प्रदेश २–०३–०२० प ३२४५ नम्बरको मोटरसाइकलमा सवार यादव साइकलसँग ठोक्किएर दुर्घटना हुँदा ज्यान गएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

नेकपा एमाले जिल्ला कमिटीका सदस्यसमेत रहेका यादव २०७९ को निर्वाचनमा समेत एमालेबाट वडाध्यक्षको प्रत्यासी थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ चैत । चौलागाई प्रतिष्ठान केन्द्रीय कार्यसमितिद्वारा भित्तेपात्रो-२०८३ (क्यालेण्डर) विमोचन गरिएको छ । आज काठमाडौँको गोकणेश्वरको जगडोलमा आयोजित नयाँ

काठमाडौँ, २८ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ जारी गरेको छ । अस्पतालको सेवालाई जनमैत्री,

काठमाडौँ, २८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले निजी क्षेत्रको पुँजी र उद्यमशीलतालाई बलियो बनाउन सके

काठमाडौँ, २८ चैत । परराष्ट्रमन्त्री शिशिर खनालले विश्व आपूर्ति श्रृंखलामा अवरोध देखापरेको समयमा हिन्द महासागरको स्थिरता महत्त्वपूर्ण रहेको बताएका छन्