मुलुकमा स्थिरता, समृद्धि र विकासका लागि वर्तमान सरकार : गृहमन्त्री लेखक

काठमाडौँ, ७ भदौ । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार मुलुकमा स्थिरता, सुशासन, दिगो शान्ति स्थापना, समृद्धि र विकासका लागि बनेको बताएका छन् । 

आज बिहान जिल्ला प्रशासन कार्यालय धनुषाको बन्न लागेको नयाँ भवनको शिलान्यास गर्दै उनले मुलुकमा अहिले दुई ठूला राजनीतिक दलहरू मिलेर नयाँ राजनीतिक समीकरण बनेको उल्लेख गरे । 

उनले पछिल्लो डेढ वर्षमा भएको राजनीतिक अस्थिरताका कारण आम नागरिकमा परेको निराशा चिर्न अहिलेको सरकार सफल हुने बताए । उनले सरकार अस्थिर हुँदाको असर प्रत्यक्ष सेवा प्रवाहमा परेको स्वीकार गरे । अस्थिरताका कारण विकास निर्माणका कामले गति लिन नसकेको, अर्थतन्त्रमा शिथिलता उत्पन्न भएको र भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न जटिलता उत्पन्न भएको उनको भनाइ छ । 

राजनीतिक दल र नेताहरू गठबन्धन भत्काउने र बनाउने काममै व्यस्त हुँदा विकास निर्माणले गति लिन नसकेको बताए । 


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ फागुन । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले दुई पटकको टी२० विश्वकप विजेता वेष्ट इन्डिजलाई १३४

काठमाडौँ, ३ फागुन । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आज नेपालले वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र वेस्ट इन्डिजको खेल

काठमाडौँ, २९ माघ । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल इटलीसँग १० विकेटले पराजित भएको छ । एन्थोनी

काठमाडौँ, २९ माघ । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले इटलीलाई १२४ रनको लक्ष्य दिएको छ । मुम्बईस्थित