मुलुकमा स्थिरता, समृद्धि र विकासका लागि वर्तमान सरकार : गृहमन्त्री लेखक

काठमाडौँ, ७ भदौ । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार मुलुकमा स्थिरता, सुशासन, दिगो शान्ति स्थापना, समृद्धि र विकासका लागि बनेको बताएका छन् । 

आज बिहान जिल्ला प्रशासन कार्यालय धनुषाको बन्न लागेको नयाँ भवनको शिलान्यास गर्दै उनले मुलुकमा अहिले दुई ठूला राजनीतिक दलहरू मिलेर नयाँ राजनीतिक समीकरण बनेको उल्लेख गरे । 

उनले पछिल्लो डेढ वर्षमा भएको राजनीतिक अस्थिरताका कारण आम नागरिकमा परेको निराशा चिर्न अहिलेको सरकार सफल हुने बताए । उनले सरकार अस्थिर हुँदाको असर प्रत्यक्ष सेवा प्रवाहमा परेको स्वीकार गरे । अस्थिरताका कारण विकास निर्माणका कामले गति लिन नसकेको, अर्थतन्त्रमा शिथिलता उत्पन्न भएको र भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न जटिलता उत्पन्न भएको उनको भनाइ छ । 

राजनीतिक दल र नेताहरू गठबन्धन भत्काउने र बनाउने काममै व्यस्त हुँदा विकास निर्माणले गति लिन नसकेको बताए । 


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ चैत । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ११ सय

काठमाडौँ, ५ चैत । काठमाडौँबाट ठूलो परिमाणमा विभिन्न देशका मुद्रा (पैसा) नेपाल प्रहरीको विशेष टोलीले बरामद गरेको छ । प्रहरीका

चितवन, ५ चैत । कुखुराको चल्ला कोरल्न प्रयोग गरिने दुई सय ३६ ह्याचरी उद्योग बन्द भएका छन् । कोभिडपछि लागत

काठमाडौँ, ५ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । गोलभेडा