टिकटक खुल्न केही समय लाग्ने

काठमाडौँ, ७ भदौ । सरकारले टिकटकमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरे पनि खुल्न भने केही समय लाग्ने भएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार सरकारले राखेका शर्तहरु पूरा गरी दर्ता भएपछि मात्र टिकटक खुल्नेछ । सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिकाको पालना र अरु चार शर्तसहित टिकटकमाथि लगाइएको प्रतिबन्ध खुला गर्ने निर्णय गरेको हो ।

टिकटकले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्नुपर्ने, डिजिटल सुरक्षा साक्षरताका लागि लगानी गरी नेपाली नागरिकको साक्षरता दर बढाउन मद्दत गर्नुपर्ने, सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउनका लागि सहयोग गर्नुपर्ने र सामाजिक सञ्जालमा प्रयोग हुने भाषामा संवेदनशीलता अपनाउनुपर्ने शर्त राखिएको छ ।

टिकटकले यी शर्तहरु स्वीकार गर्ने भएपछि अहिलेलाई नीतिगत रुपमा टिकटक खुला गरिएको मन्त्री गुरुङले बताए । टिकटक लगायतका सबै सामाजिक सञ्जालले सामाजिक सद्भाव भड्काउने गरी कुनै पनि पोष्ट र सामाग्री प्रसार गर्न नपाउने सरकारले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असोज । निर्वाचन आयोगले आर्थिक वर्ष २०८०–०८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन पेश गरेको छ । आज

काठमाडौँ, २२ असोज । सांसद विनोद चौधरीले उखुको समर्थन मूल्य तोक्न सरकारसँग माग गरेका छन् । समयमै उखुको समर्थन मूल्य

काठमाडौँ, २२ असोज । धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले फोहोरमैला व्यवस्थापन गर्ने व्यवस्थित सेनेटरी ल्याण्डफिल्ड साइट निर्माणका लागि पुग्दो बजेट माग

काठमाडौँ, २२ असोज । भारतीय राजदूतावास काठमाडौँका द्वितीय सचिवद्वय आषिश सिन्हा र नारायण सिंहले बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई