चन्द्रागिरिमा भेटिएको शंकास्पद वस्तु डिस्पोज

काठमाडौँ, ६ भदौ । काठमाडौँको चन्द्रागिरि नगरपालिकामा फेला परेको  शंकास्पद वस्तु फेला डिस्पोज गरिएको छ ।  

आज बिहान चन्द्रागिरि नगरपालिका १२ बलम्वु स्कुल नजिकै रहेको एक घरको आगनमा  शंकास्पद वस्तु फेला परेको थियो  ।

बिहान बलम्वु नजिकै  प्रेसर कुकर बम भेटिएको खबर पाएपछि प्रहरी प्रभाग बलम्वुका प्रहरीले सेनालाइ खबर गरेका थिए । सेनाको डिस्पोजल टोली पुगेर डिस्पोज गरेको हो ।

प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक उपेन्द्र प्रसाद आचार्यले झोलामा प्रेसर कुकर जस्तो देखिने वस्तु रहेको पाइएपछि नागरिकहरुलाई सुरक्षित स्थानमा राखिएको जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ माघ । बजारमा ब्रोकाउलीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज ब्रोकाउलीको मूल्य

काठमाडौँ, ६ माघ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, ६ माघ । बजारमा गोलभेँडाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गोलभेँडाको मूल्य एकैदिन

काठमाडौँ, ६ माघ । धादिङमा २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा निलकण्ठ