ओडीआई वरियतामा नेपाल एक स्थान माथि उक्लियो

काठमाडौँ, ६ भदौ । नेपाल ओडीआई वरियतामा १ स्थान माथि उक्लिएको छ । वरियतामा क्यानडा २ स्थान तल झर्दा नेपालले वरियतामा १ स्थान सुधार गरेको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसीसी) ले निकालेको पछिल्लो वरियताक्रममा नेपाल १६ औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १७ औँ स्थानमा थियो ।

क्यानडाले यूएईमा केही महिना अघि भएको लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजमा शतप्रतिशत नतिजा निकाल्दै नेपाललाई वरियतामा पछि पारेको थियो । तर नेदरल्यान्ड्समा भइरहेको त्रिकोणात्मक सिरिजको चारै खेलमा पराजित भएपछि क्यानडाको वरियता खस्किएको हो ।

दुई स्थान खस्किएर क्यानडा १८ औँ स्थानमा पुगेको छ । एसोसिएट तर्फको शीर्ष स्थानमा स्कटल्यान्ड रहेको छ । नेपाल भन्दा अघि रहेका एसोसिएट राष्ट्रमा स्कटल्यान्ड, नेदरल्यान्ड्स र नामिबिया रहेका छन् । ओडीआई वरियताको शीर्ष स्थानमा भारत, दोस्रो स्थानमा अस्ट्रेलिया र तेस्रो स्थानमा दक्षिण अफ्रिका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ बैशाख । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

काठमाडौँ, ७ बैशाख । प्रधानमन्त्री बालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा दलीय विद्यार्थी र कर्मचारी संगठनका संरचना तत्काल हटाउने

काठमाडौँ, ७ बैशाख । गृहमन्त्री सुधन गुरुङले आफूमाथि उठेको प्रश्नका सन्दर्भमा स्पष्टीकरण दिएका छन् । आज सामाजिक सञ्जालमार्फत उनले स्पष्टीकरण

काठमाडौँ, ७ बैशाख । नेकपा (एमाले)का नेता प्रदिप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने विषय चरम अलोकतान्त्रिक भएको बताएका छन्