कुवा सफा गर्दा निसासिएर दुई जनाको मृत्यु

काठमाडौँ, ५ भदौ । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँमा कुवा सफा गर्ने क्रममा निसासिएर २ जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार सोही ठाउँका ३८ वर्षका यम बहादुर विक र १६ वर्षका मुकेश विकको मृत्यु  भएको हो ।

सरसफाइ गर्न कुवा भित्र पसेका दुबैजना बेहोस भएपछि अम्बापुर बेस क्याम्पबाट अक्सिजन सहित गएको नेपाली सेना र नेपाल प्रहरीको टोलीले उद्धार गरेर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाएको थियो । बेहोस अवस्थामा अस्पतालमा लगिएका दुबैजनालाई  चिकित्सकले  ११ बजे मृत घोषणा गरेको हो । घटना आज बिहान ८ बजेको भएपनि प्रहरीलाई खबर ९ बजे गरिएको थियो । 

दुबैजना बिना डोरी १५ हात गहिरो कुवामा पसेका कारण असजिलो हुने वित्तकै निस्कन नसकेको प्रहरीले बताएको छ । दुवै जनाको शवलाई पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । प्रहरीसँगको झडपपछि नेपाल शिक्षक महासंघले आकस्मिक बैठक आह्वान गरेको छ ।  आन्दोलनले उग्र रूप लिएपछि महासंघले

काठमाडौँ, १४ बैशाख । सांसद उर्मिला माझीले श्वेता खड्का फाउन्डेसनको ऋणमा सिन्धुपाल्चोकको माझी बस्ती लिलामीमा पर्न लागेको भन्दै जोगाउन संसद्को

काठमाडौँ, १४ बैशाख । नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा.फणीन्द्रराज पाठकले संविधान विपरीत समवेदना वक्तव्य निकालेको भन्दै कारबाही

काठमाडौँ, १४ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चलचित्र क्षेत्रको सुधार तथा आधुनिकीकरणका लागि तयार पारिएको नयाँ ‘चलचित्र ऐन’