पहिरोले घर पुरिँदा बेपत्ता एक जनाको शव फेला

काठमाडौँ, १९ साउन । रोल्पामा घरसँगै पुरिएकी ७० वर्षीया बसुना सुनारको शव भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार गएराति सुनछहरी गाउँपालिका-५ कामीडाँडामा देउसिंह कामीको घर पहिरोले पुरिँदा उनकी आमा बसुना र छोरी चार वर्षीया किमा सुनार बेपत्ता भएका थिए । 

खोजीका क्रममा शनिबार बिहान बसुना पुरिएको अवस्थामा मृत भेटिएको हो । बसुनाकी नातिनी ४ वर्षीया किमाको अवस्था भने अझै अज्ञात छ । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।  

खोजी तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय पोवाङ र सुलिचौरबाट प्रहरी निरीक्षक सन्तोष घिमिरेको कमाण्डमा प्रहरीको टोली खटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ बैशाख । नेकपा (माओवादी केन्द्र) ले शिक्षकहरूले एक महिनादेखि विभिन्न माग राखेर गरेको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ ।

काठमाडौँ, १५ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बस्नका लागिमात्रै सरकार नबनेको बताएका छन् । आज काठमाडौँमा भएको एक

काठमाडौँ, १५ बैशाख । नेकपा (एमाले)का सांसद सूर्य थापाले शिक्षामन्त्री रघुजी पन्तलाई शिक्षा विधेयकबारे संसद्‌बाट जानकारी गराउन माग गरेका छन् ।

काठमाडौँ, १५ वैशाख । लगानी बोर्डले रणनीतिक कार्ययोजना स्वीकृत गरेको छ । बोर्ड कार्यालयको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली नियुक्त भएपछि