काभा नेसन्स लिगमा आज नेपाल र भारत भिड्दै

काठमाडौँ, १९ साउन । काठमाडौँमा जारी काभा महिला भलिबल नेसन्स लिगमा आज नेपाल र भारत भिड्दैछन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने आजको पहिलो खेलमा यी दुई टोली आमनेसामने हुन लागेका हुन् । यो खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ ।

लिग चरणमा एक खेल मात्र खेलेको नेपालको खातामा ३ अंक मात्र छ । नेपालले लिगको उद्घाटन खेलमा श्रीलंकामाथि ३–० को सोझो सेटमा जित हात पारेको थियो । लिग चरणको दुई खेलमा अपराजित रहेको भारत ६ अंकमा तालिकाको शीर्ष स्थानमा छ ।

पहिलो खेलमा इरानमाथि ३–१ को सेटमा विजयी भएको भारतले लिग चरणको दोस्रो खेलमा मालदिभ्सलाई सोझो सेटमा पाखा लगाएको थियो । जारी लिगमा भारत नेपालका लागि बलियो प्रतिद्वन्दी मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २८ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा पछिल्लो महिना मूल्यवृद्धि तीन वर्षयताकै तीव्र गतिमा बढेको उल्लेख गर्दै आफूलाई महँगी

एजेन्सी, २८ जेठ । युक्रेनले रुसको सैन्य तथा ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै बुधबार गहिराइसम्म पुग्ने लामो दूरीका आक्रमणहरू गरेको छ

एजेन्सी, २७ जेठ । फिलिपिन्सको मिन्डानाओको दक्षिणी तटमा सोमबार आएको ७.८ म्याग्निच्युडको भूकम्पका कारण कम्तीमा ४५ जनाको मृत्यु भएको राष्ट्रिय

एजेन्सी, २७ जेठ । पाकिस्तानले अफगानिस्तानमा हवाई आक्रमण गरेको छ । पाकिस्तानले आफ्नो सीमाभित्र छिरेर गरेको आक्रमणमा १३ जना सर्वसाधारण मारिएका अफगानिस्तानले