बागमती प्रदेशमा विपद्‍बाट ८८ जनाको मृत्यु

काठमाडौँ, १९ साउन । बागमती प्रदेशमा गत आर्थिक वर्ष (२०८०/०८१) मा विभिन्न विपद्का घटनाबाट ८८ जनाको मृत्यु भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आगलागीका घटना ४९३, वन डढेलो १२२, पहिरो ९०, वन्यजन्तु आक्रमण ४२, भारीवर्षा ३४, बाढी ३३, चट्याङ १४, हावाहुरी १३, उच्च उचाइ (लेक लाग्ने) ५, गैर प्राकृतिक विपद् ३, सर्पदंश ३, हिम पहिरो ३ र भूकम्प १ गरी ८५६ वटा विपद्का घटना भएको छ ।

ती घटनामा ४३ जना बेपत्ता भएका छन् भने १८४ जना घाइते भएका छन् । विपद्का कारण समीक्षा अवधिमा ६१९ वटा पशु चौपायाको क्षति भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ चैत । सेयर बजार परिसूचक (नेप्से) आज १०.१४ अङ्कले घटेको छ । आइतबार २१.६३ अङ्कले ओरालो लागेको नेप्सेले सोमवार

काठमाडौँ, ४ चैत । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नागरिक लगानी कोष, सञ्चय कोष लगायतका कोषहरुको लगानी उत्पादनमुलक

काठमाडौँ, ४ चैत । आज बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

काठमाडौँ, ४ चैत । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक ११ बजे संसद भवन नयाँ बानेश्वरमा सुरु भएको छ । प्रत्यक्ष प्रसारण