काठमाडौँ, १८ साउन । सिनामंगलको एक गेष्ट हाउसमा एक युवा र एक युवती मृत फेला परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार बाजुराको त्रिवेणी नगरपालिका–४ का २३ वर्षीय भरतबहादुर सार्की र सोही ठाउँकी करिब २० वर्षीया करिष्मा सार्की मृत फेला परेको हो ।
उनीहरू चारदिन अघिदेखि होटेलमा बस्दै आएको खुलेको छ ।