काठमाडौँ, १८ साउन । गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार रूरूक्षेत्र गाउँपालिका वडा नम्बर– २ यादुङका ३५ वर्षीय हरि कुँवरको अरिङ्गालले टोकेर मृत्यु भएको हो ।
बिहीबार बेलुकी सालको रुखमा अरिङ्गाल पोल्ने क्रममा उनलाई अरिङ्गालले शरीरको विभिन्न भागमा टोकेको थियो । उनको उपचारको क्रममा पाल्पा मिसन अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको हो ।