भारतमा एकैपटक तीन सय बैंकको सिस्टम ह्याक

एजेन्सी, १७ साउन । भारतीय बैंकिङ प्रणालीमा ठूलो साइबर आक्रमण हुँदा एकैपटक झन्डै तीन सय बैंक ठप्प भएका छन् ।

आक्रमणका कारण सयौं बैंकको भुक्तानी प्रणाली प्रभावित भएको हो । सबै बैंकलाई प्राविधिक सहयोग उपलब्ध गराउने कम्पनी सी–एज टेक्नोलोजीमा साइबर आक्रमण भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यस कम्पनीले भारतका सबै साना बैंकलाई प्राविधिक सहयोग गर्दै आएकोले कम्पनीमा साइबर आक्रमण हुँदा झन्डै तीन सय साना बैंक प्रत्यक्ष प्रभावित भएका हुन् । साइबर आक्रमणलाई ध्यानमा राख्दै भारतको भुक्तानी प्रणालीको निरीक्षण गर्ने संस्था नेसनल पेमेन्ट कर्पोरेशन अफ इन्डिया ( एनपीसीआइ ) ले यस कम्पनीको काम अस्थायी रूपमा बन्द गरेको छ ।

एनपीसीआईका अधिकारीका अनुसार सी–एज टेक्नोलोजीको सेवा प्रयोग गर्ने यी बैंकका ग्राहकले पनि केही समयदेखि भुक्तानी प्रणाली प्रयोग गर्न समस्या भोग्नुपरेको थियो । भुक्तानी प्रणालीमा व्यापक असर पर्न नदिन साना बैंकलाई भुक्तानी सञ्जालबाट बाहिर राख्ने निर्णय गरिएको खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ चैत । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले राजनीतिक अस्थिरता जनताको लागि अपाच्य भएको बताएका छन् ।

काठमाडौँ, ५ चैत । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जसको काम उसको प्रशंसा गर्ने संस्कृतिबाट नेपाली समाज विमुख हुँदै गएको

काठमाडौँ, ५ चैत । अध्यादेशहरूलाई लिएर सत्तारुढ र प्रतिपक्षबीच देखिएको विवाद प्रतिस्थापन विधेयक पारित गर्ने क्रममा ‘हस्ताक्षरबाट मतविभाजन’सम्म आइपुगेको छ ।

काठमाडौँ, ४ चैत । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले नियमन गरेको बैंक तथा वित्तीय संस्थाबाट मात्रै कारोबार