मुख्यमन्त्री सोडारीले विश्वासको मत लिँदै

धनगढी, १८ साउन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिँदै छन् ।

आज ४ बजेका लागि बोलाइएको प्रदेश सभा बैठकबाट सोडारीले विश्वासको मत लिने तयारी गरेका छन् । ५२ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ मत आवश्यक पर्दछ भने प्रदेशमा काँग्रेस र एमाले एक ठाउँमा आउँदा दुवैको २८ मतसहित स्पष्ट बहुमत रहेको छ । सुदूरपश्चिममा काँग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, एकीकृत समाजवादीका ४ तथा राप्रपा र स्वतन्त्र एक एक सांसद रहेका छन् ।

सोडारी गत वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । केन्द्रमा काँग्रेस र एमालेबीच नयाँ गठबन्धन बनेसँगै  एमालेले सरकार छोडेको थियो । काँग्रेस र एमालेबीचको सहमति अनुसार सुदूरपश्चिम सरकारको नेतृत्व काँग्रेसले गर्ने भएको छ । अल्पमतमा रहेका सोडारीले प्रदेश सभालाई सम्बोधन गरेर राजीनामा दिनसक्ने समेत बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ पौष । नेपाली कांग्रेसका नेता सुनिल शर्माले एकताका नाममा कसैले पनि कारबाही गरे अस्वीकार्य हुने बताएका छन् । उनले

काठमाडौँ, २९ पौष । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूकम्पबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि नवीनतम प्रविधि, सीप र पूर्वतयारी

काठमाडौँ, २९ पौष । निर्वाचन आयोगले समानुपातिक उम्मेदवारले नाम फिर्ता लिएका ठाउँमा अर्को नाम पठाउन राजनीतिक दलहरूलाई आग्रह गर्दैछ । निर्वाचन

काठमाडौँ, २९ पौष । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले विशेष महाधिवेशनले स्पष्ट परिवर्तनकारी नीति र नेतृत्वसहित पार्टीलाई अझ एकताबद्ध बनाउने बताएका