मुख्यमन्त्री सोडारीले विश्वासको मत लिँदै

धनगढी, १८ साउन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिँदै छन् ।

आज ४ बजेका लागि बोलाइएको प्रदेश सभा बैठकबाट सोडारीले विश्वासको मत लिने तयारी गरेका छन् । ५२ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ मत आवश्यक पर्दछ भने प्रदेशमा काँग्रेस र एमाले एक ठाउँमा आउँदा दुवैको २८ मतसहित स्पष्ट बहुमत रहेको छ । सुदूरपश्चिममा काँग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, एकीकृत समाजवादीका ४ तथा राप्रपा र स्वतन्त्र एक एक सांसद रहेका छन् ।

सोडारी गत वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । केन्द्रमा काँग्रेस र एमालेबीच नयाँ गठबन्धन बनेसँगै  एमालेले सरकार छोडेको थियो । काँग्रेस र एमालेबीचको सहमति अनुसार सुदूरपश्चिम सरकारको नेतृत्व काँग्रेसले गर्ने भएको छ । अल्पमतमा रहेका सोडारीले प्रदेश सभालाई सम्बोधन गरेर राजीनामा दिनसक्ने समेत बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ माघ । प्रतिनिधि सभाको बैठक १ बजेदेखि सुरु भएको छ ।  प्रत्यक्ष प्रसारण (LIVE)

काठमाडौँ, २८ माघ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा. बाबुराम भट्टराईले पार्टी नेतृत्व तेस्रो पुस्तालाई हस्तान्तरण गर्ने

काठमाडौँ, २८ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नागरिकलाई सहज र सरल सेवा दिने सम्बन्धमा थप

विराटनगर, २८ माघ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारले मुलुकलाई अधोगतितर्फ लगेको आरोप लगाएका