वर्षमा एकदिन मनाएर युवा दिवस सफल हुँदैनः मन्त्री चौधरी

काठमाडौँ, १८ साउन । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले वर्षमा एकदिन मनाएर मात्रै युवा दिवस सफल नहुने बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय युवा दिवस २०२४ को मुल समारोह समितिको बैठकमा बोल्नुहुँदै बिहीबार सिंहदरबारमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले युवा दिवस सफल बनाउन स्वदेशमै युवाका लागि रोजगारी र उत्पादनमुलक क्षेत्र निर्माण गर्न सक्नुपर्ने जानकारी दिनुभयो । मन्त्री चौधरीले देशका युवाहरु नेपालमै बस्ने योग्य बनाउन नसकेसम्म युवा दिवस मनाउनुको औचित्य नहुने बताउनुभयो । उहाँले युवालाई रोजगारी सिर्जना गर्नेकुरामा बहस गर्नुपर्ने बताउनुभयो ।

‘‘अहिले २५ औं अन्तर्राष्ट्रिय युवा दिवस मनाइरहेका छौँ । अर्को पटक २६ औं मनाउँछौँ । हामी यो युवा दिवस युवा तथा खेलकुद मन्त्रालयमा ३६१ जना बसेर होइन की थोरै मान्छे बसेर भव्यसभ्य कहिले पनि हुँदैन । तपाईं र हाम्रा देशका युवाहरु जबसम्म नेपालमै बस्ने योग्य बनाउँदैनौँ, हाम्रा युवालाई रोजगारी सिर्जना गर्नसक्नुहुन्न, बहस र छलफलमा अघि बढाउन सक्नुहुन्न, तबसम्म राम्रो हुँदैन ।,’’ मन्त्री चौधरीले भन्नुभयो, ‘‘धेरे बालबालिकाहरु अहिले पनि पढ्न सकेका छैनन् । हामी २५ युवा दिवस मनाइरहेका छौँ । हामी युवा दिवस मनाउँ, भव्य र सभ्य रपमा । आजदेखि प्रण गरौँ, नेपालमै कसरी रोजगारी, उत्पादन बढाउनसक्ने बहस अघि बढाऔँ । वर्षमा एकदिन मनाएर, चिया खाएर युवा दिवस सफल हुँदैन ।’’ मन्त्री चौधरीले युवा दिवस युवा तथा खेलकुद मन्त्रालयमा ३६१ जना बसेर सभ्य, भव्य नहुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ३ फागुन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूस–युक्रेन युद्ध अन्त्य गर्न बनाइएको योजनाप्रति प्रतिक्रिया व्यक्त गरेका छन् । जेलेन्स्कीले

एजेन्सी, ३ फागुन । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा छुट्टाछुट्टै कारबाहीमा १३ जना आतंककारी मारिएको सेनाले बिहीबार जनाएको छ

वासिङ्टनमा, २ फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच ह्वाइट हाउसमा द्विपक्षीय वार्ता भएको छ ।  वार्तापछि

श्रीनगर, १ फागुन । भारतीय र पाकिस्तानी सैनिकहरूले दुई चिरपरिचित प्रतिद्वन्द्वीलाई विभाजन गर्ने अत्यधिक सैन्यीकृत काश्मीर सीमामा गोलीबारी गरेका छन्