नेट्फिल्क्सले रिलिज गर्‍यो फिल्म ‘माउन्टेन क्वीन’

काठमाडौँ, १७ साउन । नेट्फिल्क्सले बुधबार नेपाली सबटाइटलमा नेपाली महिला पर्वतारोही लाक्पा शेर्पाबारेको फिल्म ‘माउण्टेन क्वीन : द समिट्स अफ लाक्पा शेर्पा’ रिलिज गरेको छ ।

नेट्फिल्क्सले पहिलोपटक नेपाली भाषामा सबटाइटलसहित कुनै फिल्म स्ट्रिमिङ गरेको हो । फिल्मले लाक्पाको दशौं पटकको सगरमाथा आरोहणको यात्रालाई पछ्याउँछ । उनको निजी जीवनबारे पनि चित्रण गर्छ ।

१ घण्टा ४१ मिनेट लामो डकुमेन्ट्रीले लाक्पाका पूर्वपति तथा रोमानियाली पर्वतारोही गेओर्गे डिजमारेस्कुसँगको हिंसापूर्ण सम्बन्धबारे पनि अन्वेषण गर्छ । यो फिल्मलाई ओस्कार मनोनित लुसी वाकरले निर्देशन गरेकी हुन्, जसको फिल्म ‘ब्लाइन्डसाइट’ले उत्तरी मोहडाबाट सगरमाथा आरोहण गर्ने ६ जना दृष्टिविहीन तिब्बती किशोरीलाई वर्णन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ३ फागुन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूस–युक्रेन युद्ध अन्त्य गर्न बनाइएको योजनाप्रति प्रतिक्रिया व्यक्त गरेका छन् । जेलेन्स्कीले

एजेन्सी, ३ फागुन । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा छुट्टाछुट्टै कारबाहीमा १३ जना आतंककारी मारिएको सेनाले बिहीबार जनाएको छ

वासिङ्टनमा, २ फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच ह्वाइट हाउसमा द्विपक्षीय वार्ता भएको छ ।  वार्तापछि

श्रीनगर, १ फागुन । भारतीय र पाकिस्तानी सैनिकहरूले दुई चिरपरिचित प्रतिद्वन्द्वीलाई विभाजन गर्ने अत्यधिक सैन्यीकृत काश्मीर सीमामा गोलीबारी गरेका छन्