बाङ खोलाको बाढीले ३ वटा पुल बगायो

काठमाडौँ, १६ साउन । म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनामा बाढीले तीन वटा पुल बगाएको छ ।

वर्षाका कारण गाउँपालिकाको केन्द्र रहेको मुना बाङ खोलामा आएको बाढीले एउटा झोलुङ्गेसहित तीन वटा पुल बगाएको स्थानीयवासी बुद्धिमान शेरपुञ्जाले जानकारी दिनुभयो ।

अत्यधिक पानी परेपछि खोला थुनिएको थियो । झोलुङ्गे पुल बगाएपछि मुनादेखि लुलाङ जाने बाटो पूर्ण अवरुद्ध भएको छ । बाढीले दरखोला लघुजलविद्युत् आयोजनाको आठ वटा पाइपसमेत बगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ चैत । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ११ सय

काठमाडौँ, ५ चैत । काठमाडौँबाट ठूलो परिमाणमा विभिन्न देशका मुद्रा (पैसा) नेपाल प्रहरीको विशेष टोलीले बरामद गरेको छ । प्रहरीका

चितवन, ५ चैत । कुखुराको चल्ला कोरल्न प्रयोग गरिने दुई सय ३६ ह्याचरी उद्योग बन्द भएका छन् । कोभिडपछि लागत

काठमाडौँ, ५ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । गोलभेडा